INSEC Online

📅 २०८३ जेष्ठ २१

उजुरी दर्ता नगरेको भन्दै परमादेश

खडक नपा–१० बनरझुलाकी ३१ वर्षीया लीलादेबी भगतको हत्याको आरोपितहरूलाई कारवाहीको माग गर्दै मृतककी आमाले दिएको उजुरी दर्ता नगर्नाको कारण देखाउन उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ४ गते आदेश जारी गरेको छ ।

photo20200217saptari (1)
मृतककी आमा खडक नपा–३ बनरझुलाकी ६८ वर्षीया घुरनीदेबी चौधरीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरी दर्ता नगर्नाका कारण देखाउन माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलाशले १५ दिनभित्र कारण देखाउन आदेश जारी गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले उजुरी दर्ता नगरेको भन्दै मृतककी आमाले फागुन २ गते उच्च अदालत जनकपुर राजविराज इजलाशमा परमादेश रिट निवेदन दिनु भएको थियो । उहाँले माघ २७ गते स्वयम् उपस्थित भएर तथा माघ २८ गते जिल्ला हुलाक कार्यालयमार्फत रजिष्ट्री गरी इलाका प्रहरी कार्यालय कल्याणुरमा उजुरी दिनु भएको थियो ।

photo20200217saptari (2)
लीलादेबीलाई माघ २० गते राति उनका पति ३२ वर्षीय सन्तोषकुमार भगत, निजका बुवा ६२ वर्षीय लक्ष्मण भगत, निजकी पत्नी ६० वर्षीया जिवछीदेबी भगतले कुटपिट गर्दै घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याएको मृतकका दाजु ४६ वर्षीय रामानन्द चौधरीले आरोप लगाउनु भएकोे छ ।

मोबाइलबाट परपुरुषसँग फोन सम्पर्क गर्ने गरेको भन्दै चरित्रमाथि शङ्का गरी आरोपितहरूले एक वर्षदेखि यातना दिँदै आएको र भेंटघाट गर्न जाँदा आफ्नै अगाडि समेत पीडितलाई कुटपिट गर्ने गरेको घुरनीदेबीले बताउनु भयो । सामाजिक परम्पराअनुसार २०६० फागुनमा विवाहिता पीडितको दुई छोरा छन् ।

photo20200217saptari (3)
आरोपितहरूले माघ २० गते राति बेपत्ता लीलादेबी भगत घरदेखि ५ सय मिटरको दुरीमा रहेको बाँसघारीस्थित आँपको रुखमा पासोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा माघ २१ गते बिहान फेला परेको बताउँदै आएका छन् ।

अन्य

भिडियो