INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीमाथि अज्ञात व्यक्तिबाट कुटपिट

सोलुदुधकुण्ड नगरपालिका – ११ तिङ्लाका ३९ वर्षीय टेकबहादुर बस्नेतलाई नकाबधारी एक जनाले फागुन २ गते कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घरेलु तथा साना उद्योग विकासका कर्मचारी बस्नेतलाई कार्यालय बिदा भएपछि घर फर्किने क्रममा नकाबधारी एक जनाले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।

घाइते बस्नेतको फागुन २ गते जिल्ला अस्पताल फाप्लुमा उपचार भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पु नजिकै सडकमा एक्कासी रड प्रहार भएको घाईते बस्नेतले बताउँनुभयो । “म सडकमा हिड्दै थिए, एक जना कालो ट्रायकसुट लगाएको मुखमा कालो पट्टी बाँधेको युवक भेटे ।”बस्नेतले भन्नुभयो, “कता हिँडेको भनेर सोध्यो, घर हिँडेको भने, घर सोध्यो तिङ्ला भने, कता जानुहुन्छ भनेर मैले सोध्दा, जोरबौध सम्म जाने भन्यो, केही पर पुग्यौ, म सँग एक हजार रुपियाँ माग्यो, छैन म त बिरामी भएर भर्खर उपचार गरेर आएको भन्ने बित्तिकै रडले टाउँकोमा हान्यो, म ढले उ कता गयो थाहा भएन ।”

पीडितले बस्नेतले सोही दिन जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै उजुरी दिनुभएको छ ।

अन्य

भिडियो