INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका–९ की २६ वर्षीया रेखा ठटालको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ ।

आरोपितलाई फागुन २ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

आरोपितले घरायसी विवादका क्रममा फागुन १ गते छोरीलाई बञ्चरो प्रहार गरेका थिए । घाईतेको उपचारका क्रममा फागुन ३ गते वि एण्डी सी अस्पतालमा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम फागुन ३ गते मेची अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो