२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–१५ का ३२ वर्षीय तिलक आर्चायलाई फागुन १ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश शङ्करबहादुर राईको इजलासले कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
आरोपितले ०७५ कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा कात्तिक ८ गते गरिएको थियो ।