२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रुकुम जिल्ला चौरझारी नपा–६ स्थायी घर भएका २० वर्षीय राज विक र रुकुम जिल्ला चौरझारी नपा–७ का ३४ वर्षीय प्रेम बहादुर नेपालीलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०७६ माघ २६ गते साझँ बाटोमा हिँडिरहेको बेला आरोपितहरुले बाटो छेकी बलात्कार प्रयास गरेको भन्दै माघ २७ गते पीडितका आफन्तले दिएको मौखिम उजुरीका आधारमा प्रहरीले माघ २८ गते आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
पीडितका आफन्तले माघ २८ गते आरोपितविरुद्घ लिखित उजुरी दिएका थिए । आरोपितविरुद्ध माघ २९ गते प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिएसपी खतिवडाले बताउनुभयो ।
उहाँले पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते गोरखा अस्पतालमा गरिएको जानकारी दिनुभयो ।