INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पचालझरना गाउँपालिका–२ का ४० वर्षीय नमराज शाहीविरूद्ध पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकाो छ ।

पीडित युवतीलाई आरोपितले माघ २६ गते साँझ पीडितको डेरामा गई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर इन्द्रबहादुर मल्लले जानकारी दिनु भएको छ ।

घटनापछि आरोपित शाही फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनायो । बलात्कार प्रयासबाट फुत्कने क्रममा पीडित युवतीको पाखुरा र घाँटीमा चोट लागेकाले माघ २७ गते स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको इन्स्पेक्टर मल्लले जानकारी दिनुभएको छ ।

अन्य

भिडियो