सिरहामा मङ्सिर २३ गते बिहान कुकर बम विष्फोट भएको छ । मिर्चैया नपा-५ स्थित शिला पेट्रोल पम्प अगाडि बिहान कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटबाट मानवीय तथा भौतिक क्षति नपुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिपक भारतीले बताए ।
घटनास्थल नजिक जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहको पर्चा भेटिएको इन्सपेक्टर भारतीले बताए । जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले विष्फोटनको जिम्मेवारीसमेत लिएका छन ।