९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–१५, सातदोबाटोका १६ वर्षीय बालकलाई ०७६ माघ २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपित बालकले ०७६ माघ १३ गते बालिकालाई ललाई फकाई बलात्कार गरेको पीडितकी आमाले बताउनुभयो । आरोपित बिरुद्ध माघ १३ गते महानगरीय प्रहरी बृत्त, सातदोबाटो, ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा खोजी गर्ने क्रममा माघ २३ गते आरोपितलाई उनी बस्दै आएको कोठाबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको महानगरीय प्रहरी बृत्त सातदोबाटो, ललितपुरका प्रमुख डिएसपी मित्रबन्धु शर्माले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण माघ २३ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका डाक्टर सिताराम श्रेष्ठले बताउनुभयो ।