जिल्ला सुनसरी दुहबी नगरपालिका–६ की ३२ वर्षीया सम्झना परियार(खत्री)को शव विराटनगर महानगरपालिका–१२ स्थित उखुबारीमा माघ २४ गते फेला परेको छ ।
घाँटी रेटिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताउनुभयो ।
माघ २१ गते पत्नी हराएको भन्दै ३५ वर्षीय पति बसन्त परियारले माघ २३ गते इलाका प्रहरी कार्यालय नेमुवा मोरङमा निवेदन दिएको एकपछि शव फेला परेको एसपी अधिकारीले बताउनुभयो ।
धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेकाले हत्या हुन सक्ने भएकाले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
शव नजिकै पुरूषले लगाउँने जुत्ता फेला परेको प्रहरीको भनाइ छ ।
शव पोष्टमार्टमका लागि कोशी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।