२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–७ का २८ वर्षीय जीवलाल बञ्जाडेलाई माघ २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०७६ कात्तिक २६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरी पश्चात फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।