INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाको आरोपमा गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ बस्ने ४२ बर्षीय पूर्णबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट माघ २२ गते गिरफ्तार गरेको छ ।

माघ २० गते घटना भएकोमा पीडित आफैले माघ २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको डिएसपी एकनारायण कोइरालाले बताउनुभयो । पीडित महिलाको माघ २२ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

अन्य

भिडियो