बुद्धभूमि नपा– ४ किलौलीकी ३२ वर्षीया बिष्णुकुमारी नेपालीले पति ३० वर्षीय केशवबहादुर सेन विरूद्ध जिल्ला अदालतमा माघ २० गते घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराउनु भएको छ ।
पतिले पटक पटक गाली गौलज , कुटपिट गर्ने, खान लाउन नदिने गरेको र पछिल्लो पटक माघ १५ गते गाली गलोज गर्नुका साथै कुटपिट गरेको भन्दै घरेलु हिंसा , माना चामल र अंश सम्बन्धी मुद्दा दर्ता गराएको बताउनु भयो ।
जिल्ला प्रहरीमा उजुरी लिएर गए मिलापत्र गराएर फर्काउने भएकाले सिधै अदालतमा मुद्दा दर्ता गरेको बताउनु भयो ।