INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोदावरी नगरपालिका–२ की २३ वर्षीया उर्मिला विष्टको ०७६ माघ १८ गते हत्या गरेको आरोपमा पति रमेश कार्कीलगायत परिवारका पाँच जनालाई माघ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

माघ १६ गते घरबाट हराएकी विष्ट माघ १८ गते मृत भेटिएपछि हत्या गरेको भन्दै माइती पक्षले किटानी उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा मृतकका ३० वर्षीय पति रमेश कार्की, ५६ वर्षीया सासू मन्दरी कार्की, २८ वर्षीया नन्द लक्ष्मी कार्की र २५ वर्षीया नन्द आसु कार्कीलाई गिरफ्तार गरिएको डिएसपी बस्नेतले बताउनु भयो ।

यसभन्दा अगाडि पनि घरपरिवारले मानसिक तनाव दिँदै आएकोे माइती पक्षको आरोप छ । मृतकका दुई छोरी छन् ।

जिल्ला अदालतबाट म्याद थप गरी चारै जना आरोपितविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा चलाइको डिएसपी बस्नेतले बताउनु भयो ।

सेती प्रादेशिक अस्पतालमा माघ १९ गते शवको पोष्टमार्टम गरेर राखिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो