नौ वर्षीया छोरीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १६ गते ४२ वर्षीय बुवालाई जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजालासले आरोपितलाई जन्मकैद हुने फैसला गरेको जिल्ला अदालतका निमित्त श्रेस्तेदार नारायण भट्टराइले बताउनु भयो ।
आरोपितले ०७६ साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन ३ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ साउन ३ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।