INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका बलात्कार घटनाका आरोपित नौमूले गाउँपालिका–१ तोलीका २७ वर्षीय कपिल सिंह ठकुरीलाई प्रहरीले माघ १७ गते गिरफ्तार गरेको छ ।

नौमूले बजारको एक घरमा बन्धक बनाई राखेको अवस्थामा माघ १३ बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते दैलेख जिल्ला अस्पतालमा भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो