INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाको कसुरमा १० वर्ष कैद

सप्तकोशी नपा३ का ४८ वर्षीय बल्कुराम सदाको हत्या आरोपमा उहाँकै भाई सोही ठाउँका ४२ वर्षीय बलराम सदा मुसहरलाई सप्तरी जिल्ला अदालतले माघ १५ गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलाशले बलरामलाई हत्या घटनाको दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले बताउनु भएको छ ।

मादक पदार्थ खाएका बलरामले ०७४ साउन २६ गते राति १०ः०० बजे राँगा बाँध्ने किलोले कुटपिट गर्दा बल्कुरामको साउन २७ गते विहान मनकामना पोलि क्लिनिक फत्तेपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७४ साउन २७ गते भएको प्रहरीले जनाएको थियो ।

मृतककी पत्नी ४५ वर्षीया रम्भा सदाले ईलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७४ साउन २७ गते उजुरी दिनु भएको थियो । हत्या घटनाको आरोपमा बलरामलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा ०७४ भदौ २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थिए ।

अन्य

भिडियो