INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन कार्यमा लगाएको आरोपमा तीन जना गिरफ्तार

एक जना बालिका र दुई जना महिलालाई यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले ललितपुर महानगरापालिका–२, सानेपाबाट गिरप्mतार गरेको छ । १७ वर्षीया बालिका सहित २४ वर्षीया र २५ वर्षीया महिलालाई ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२, सानेपामा बन्धक बनाइ जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा पीडितहरूले माघ १३ गते महानगरिय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका–१६ का ६४ वर्षीय बृजगोपाल श्रेष्ठ, काठमाडौँ जिल्ला, दक्षिणकाली नगरपालिका–४ का ४४ वर्षीय पुष्कर खड्का र भारतको मोतिहारी जिल्ला घर भइ ललितपुर महानगरपालिका–२, सानेपा बस्ने ४५ वर्षीय नबल ठाकुरलाई ०७६ माघ १३ गते गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोस तामाङले बताउनु भयो ।

घटनामा संलग्न भएको आरोपमा गिरफ्तार तीनै जनालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा अनुसन्धान गरी मुद्दा अघि बढाइएको डिएसपी सन्तोस तामाङले जानकारी गराउनु भयो । पीडित तीनै जनाको स्वास्थ्य परीक्षण माघ १३ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो