INSEC Online

📅 २०८३ जेष्ठ २१

परमादेशपछि महिला अपरहणको उजुरी दर्ता

२० वर्षीया महिलालाई अपरहण गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३५ वर्षीय सत्यनारायण मण्डल, ४७ वर्षीया रीताकुमारी मण्डल, ४० वर्षीया परमेश्वरी मण्डल र तिलाठी कोइलाडी गाउँपालिका–८ का ४५ वर्षीय नारायण मण्डलविरुद्ध माघ ८ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता गरेको छ ।

आरोपितहरूले पीडित महिलालाई साउन २० गते राति अपहरण गरी शरिर बन्धक बनाई राखेको आरोपमा उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेशपछि उजुरी दर्ता गरिएको इन्स्पेक्टर यमलाल बन्जाडेले बताउनु भयो ।

प्रहरीले उजुरी दर्ता नगरे पछि पीडितका पतिले अदालतमा परमादेश माग गरे बमोजिम उच्च अदालत जनकपुर राजविराज इजलाशले प्रहरीका नाममा पुस २२ गते परमादेश जारी गरेको थियो । आरोपितहरूलाई गिरफ्तार गरी कानून बमोजिम आवश्यक कारवाही गर्न पीडितका पतिले माग गर्नु भएको छ ।

आरोपितहरू हालसम्म गिरफ्तार नभएको र खोजिकार्य भइरहेको इन्स्पेक्टर बन्जाडेले बताउनु भएको छ ।

अन्य

भिडियो