INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया युवतीले आफूलाई बलात्कार प्रयास गरेको भन्दै भरतपुर महानगरपालिका –९ शरदपुरका ६० वर्षीय गंगाधर कँडेल विरुद्ध माघ १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको छ ।

रुपन्देही जिल्ला घर भई भरतपुर महानगरपालिकामा बस्दै आउनु भएकी पीडितलाई माघ ११ गते कँडेलले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनुभयो । आरोपितलाई प्रहरीले माघ ११ गते नै गिरफ्तार गरेको थियो । पीडितको माघ १२ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

अन्य

भिडियो