१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका–५ का ३१ वर्षीय ध्रुव पान्डेलाई माघ १२ गते गिरफ्तार गरेको छ ।
आरोपितले माघ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताउनुभयो ।
आरोपित पाण्डे राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक हुन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १० गते भयो ।