INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा माइ नगरपालिका–३ का २२ वर्षीय सुनिल खत्रीलाई अदालतले माघ ९ गते ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायधीश हरिश्चन्द्र इङ्गनामको इजलासले कैदसँगै कसुरदारबाट पीडितले पाउने गरी ३५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार निरज पोख्रेलले बताउनुभयो ।

आरोपितले ०७६ साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको भदौ ११ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २२ गते भयो ।

अन्य

भिडियो