पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ५ का १५ वर्षीय बालकलाई माघ ६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार गरेका भन्दै पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित परिवारले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ६ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।