२१ वर्षीया युवतीलाई सार्वजनिक यातायातमा याैन दुर्व्यवहार गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–४ का लक्ष्मण लिम्बूलाई पुस २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
दमकबाट काठमाडौँ आउदै गरेको बा ३ च ३३१४ नम्बरको टाटासुमोमा युवतीलाई सम्वेदनशील अङ्गमा छुदै पटक–पटक याैन दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुस २९ गते दिएको उजुरीका आधारमा लिम्बूलाई काभ्रेकाे धुलिखेल बजारबाट टाटासुमाेबाटै गिरफ्तार गरिएको काभ्रेका डिएसपी दीपक गिरीले बताउनुभयो ।
आरोपित लिम्बूलाई पुस २९ गते नै जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धन अघि बढाइएको डिएसपी दिपक गिरीले जानकारी दिनुभयाे । पीडित युवतीको स्वास्थ्य परीक्षण पुस २९ गते नै धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।