जीतपूरस्थित अजम्बरे डाँडामा रहेको एनसेल टावरमा पुस २८ गते राती बम बिस्फोट भएको छ ।
अज्ञात पक्षबाट गराइएको बम विस्फोटबाट टावरमा जडान गरिएको जेनेरेटर र विद्युतीय सामग्रीमा क्षति पुगेको इलामका एसपी हिराबहाुर पाण्डेले बताउनु भयो ।
घटनाको अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बम विष्फोट गराएको हुन सक्ने प्रहरीको भनाइ छ ।