INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

छथर जोरपाटी गाउँपालिका–२ हात्तीखर्ककी २५ वर्षीया उमादेवी नेपालीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस २८ गते प्रहरीमा उजुरी दिएको छ ।

घरायसी विवादका क्रममा २४ वर्षीय देवर विनोद नेपाली र २३ वर्षीया देवरानी सुनिता नेपालीले पुस २८ गते कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित उमादेवीले बताउनुभयो ।

कुटपिटबाट घाईते उमादेवीको सम्वेदनशील अङ्गमा चोट लागेकाले चिकित्सकहरूले जिल्ला अस्पतालमा उपचार हुन नसक्ने बताएपनि आफू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) जान नसकेको पीडित उमादेवीले बताउनुभयो ।

कुटपिटका कारण शरीरमा गहिरो चोट देखिएकाले घोपा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

यसैबीच आरोपित पक्ष र पीडित पक्षबीच पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा छलफल हुने भएको छ । घरायसी विवादका क्रममा पति नभएको मौका छोपी देवरले कुटेको विषयमा पीडितले उजुरी दिएपछि छलफलका लागि दुवै पक्षलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय एसपी सुर्दशनप्रसाद कोइरालाले बताउनु भएको छ ।

20200114dankuta

 

अन्य

भिडियो