INSEC Online

📅 २०८३ श्रावण १

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन, उपचारकालागि  जिल्ला बाहिर जानु पर्ने बाध्यता

रूण्टीगढी गाउँपालिकास्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र ०७६ असोजदेखि डाक्टर विहीन हुदाँ बिरामीहरू  उपचारकालागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । कार्यरत डाक्टर आकाश बेलवासे समायोजनमा गए पछि स्वास्थ्य केन्द्र डाक्टर विहीन भएको हो ।

डाक्टर नभएपछि  पहिले हुँदै आएको पोष्टमार्टम र भिडियो एक्सरे सेवा बन्द भएको छ भने बिरामीलाई जिल्ला बाहिर लैजादा उपचार समेत महङ्गो पर्ने गरेको छ । रुन्टीगढी गाउँपालिका–४ मसिनाका टेकबहादुर पुनले ३ सय रूपियाँले हुने उपचारकालागि  दाङको घोराही गएर महङ्गो उपचार गराउनु परेको बताउनु भयो ।  पुनले स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि  समेत नभएको बताउनु भयो ।

दैनिक ४० देखि ४५ जना बिरामी उपचारकालागि आउने होलेरी स्वास्थ्य केन्द्रमा तीन जना अनमी र तीन जना  अहेवले सेवा दिदै आएको अहेव बुद्धिजिवी सेजवालले बताउनु भयो । उहाँका अनुसार डाक्टर नहुदाँ बिरामीलाई दाङ पठाउने गरिएको छ ।

डाक्टर पठाउन  स्वास्थ्य मन्त्रालयमा  आग्रह गरेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताउनु भयो ।  समायोजन भएर डाक्टर गएपछि अहिले दरवन्दी रिक्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक गणेश बुढाले बताउनु भयो ।

अन्य

भिडियो