३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कोटहीमाई गाउँपालिका–२ का ४२ वर्षीय रामअवध यादव विरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २३ गते उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
आरोपितले पुस १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २३ गते दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको प्रहरीले जनायो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २३ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।