इस्मा गाउँपालिका– ३ दर्लामचौर तल्लो सिम्पानीकी ७६ वर्षीया कौशिला बिकको हत्या गरेको आरोपमा प्रहरीले बुहारी २८ वर्षीया लक्ष्मी बिक र २३ वर्षीया देबी बिकलाई पुस २१ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयले गहना लुट्ने योजनाका साथ पुस १७ गते कौशिलालाई कुटपिट गरी हत्या गरेको भन्दै ससुरा शेरबहादुर बिकले पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
घटना पछि अरोपितद्वयले गोठमा गोरूले हानेको भनेर छिमेकमा खबर गरेका थिए । कुटपिटबाट घाइते वृद्धाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा पुस २० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिन घलेले बताउनु भयो ।
शवको पोष्टमार्ट पुस २१ गते जिल्ला अस्पताल, गुल्मीमा गरिएको प्रहरीले जनायो ।