१० देखि १५ वर्ष उमेर समूहका चार जना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–११ का ३३ वर्षीय मनकुमार नेम्वाङलाई पुस २० गते गिरफ्तार गरेको छ ।
आरोपितले ०७६ जेठ ३० गते चार जना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार भएका आरोपितलाई गिरफ्तार गरेको डिएसपी हेमन्त भण्डारीले बताउनुभयो ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ३१ गते गरिएको थियो ।