INSEC Online

📅 २०८३ जेष्ठ २१

भुमिहिन भूकम्प पीडित जग्गा खरिदको रकमबाट बञ्चित

गोरखाका १५० भूमिहिन भूकम्प पीडितले जग्गा खरिदको रकम नपाउँदा घर बनाउन पाएका छैनन् । उनीहरु पाँचौ हिउँद र बर्खा पनि टहरोमै बस्न बाध्य छन् ।

भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार गोरखामा दुई सय १३ भूमिहिन भूकम्प पीडित पहिचान भएका छन् । ती मध्ये भूकम्प गएको चार वर्ष बितिसक्दा ६३ जनाले मात्र जग्गा खरिदको रकम पाएका छन् ।

भूमिहिन भूकम्प पीडितलाई जग्गा खरिदका लागी बढीमा दुई लाख सम्म दिन मिल्ने प्रावधान छ । स्थानीय तहको सिफारिस भएर आएको भूमिहिन भूकम्प पीडितको सुचि भूकम्प पुननिर्माण प्राधिकरणको केन्द्रमा पठाइएको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन  तथा स्थानीय पुर्वाधारको कार्यालय  गोरखाका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।

‘माथिबाटै स्वीकृत भएर आउनुपर्छ, अन्तिम चरणमा रहेको बुझेका छौँ ।’,– उहाँले भन्नुभयो । छिमेकीको घर बनिसक्दा पनि यस्ता भूकम्प पीडितले भने यो जाडो पनि अस्थायी टहरोमै बिताएका छन् । सबैभन्दा बढी पालुङटार नगरपालिकामा भुमिहिन भूकम्प पीडित रहेको इकाइले जनाएको छ ।

 

अन्य

भिडियो