INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–३ का १८ वर्षीय मो. आलम, २१ वर्षीय मो. नसिम र २२ वर्षीय मो. इन्तियाविरूद्धको मुद्दा अदालतले पुस १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलाशले सो मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताउनु भयो ।

आरोपितहरूले ०७४ चैत २१ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितकी दिदीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७४ चैत २५ गते उजुरी दिनुभएको थियो । खडग नगरपालिका–३ बाट अपहरण गरी राजविराज ल्याई बलात्कार गरेको पीडितको भनाई छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७४ चैत २५ गते स्वास्थ्य परिक्षण भएको थियो ।

प्रहरीले चैत २५ गते उजुरी दर्ता गरेपनि आरोपितहरु हालसम्म फेला परेका छैनन् । आरोपितहरुविरुद्ध जिल्ला अदालतमा ०७४ असोज १४ गते मुद्दा दायर भएपछि अदालतले फरार आरोपितहरूका हकमा वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको छ ।

अन्य

भिडियो