२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–१४ का ४९ वर्षीय तेजबहादुर कार्कीलाई पुस २० गते १६ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।
आरोपितले ०७५ पुस २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस २८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले माघ २० गते घरबाटै गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा पुस २८ गते गरिएको थियो ।