उखु किसानहरुको जम्मा २० करोड रुपैया बाँकी बक्यौता नतिरेका कारण सर्लाही गोडैता नपा–६ बंगदहको महालक्ष्मी सुगर मिलमा बिहीबार उखु किसानहरुले तालाबन्दी गरेको छन् ।

उखु किसानहरुको बाँकी रकम उखु किसानहरुको खातामा जम्मा गरि दिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गतसालको सम्झौता कार्यान्वय हुनु पर्ने, नेपाल सरकारले तोकेको मुल्य रु ५ सय ३५ रुपैया उखु किसानले पाउनु पर्ने, उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियम संगत नभएको साथै नियम संगत एक प्रतिशत मात्र ढाला काट्नु पर्ने लगायतका माग राखि उखु किसानहरुले उद्योगमा तालाबन्दी गरेको उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले जानकारी दिनु भएको छ ।
गत वर्षबाट सञ्चालन सुरु गरेको उद्योगले उखु किसानहरुको २० करोड बाँकी बक्यौता नै नतिरेको र यस वर्ष पनि आफुखुसी गुपचुप रुपमा चलान वितरण सुरु गरे पछि किसानहरु आक्रोसित भएका हुन् ।
उखु किसानहरुको बाँकी बक्यौता भुक्तानीको लागि आफुहरुले पटक–पटक आग्रह गर्दा समेत उद्योगका सञ्चालक बिरेन्द्र कनोडियाले बेवास्ता गरेका कारण उखु किसानहरुले तालाबन्दीमा उत्रिन बाध्यभएको गोडैता नगरपालिका कार्यालयका नगर प्रमुख देवेन्द्र यादवले जानकारी गराउनु भएको छ । उखु किसानहरुको भुक्तानी नदिएर, उखु किसानहरुलाई ऋणमा डुबाएर आत्माहत्याको अवस्था सृजना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारबाही गरिने नगर प्रमुख यादवले बताउनु भएको छ ।
उखु किसानहरुले उद्योगबाट आफुहरुले २० करोड रुपैया लिन बाँकी रहेको बताई रहेको समयमा उद्योगले १६ करोड मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक बिरेन्द्र कनोडियाले जानकारी दिनुभएको छ । यदि १६ करोड रकम लिन उखु किसानहरु तयार भए आगामि सोमबार सम्ममा उद्योगले भुक्तानी गरि दिने र १४ करोड १ हप्ता भित्रमा र बाँकी २ करोड केही दिनमा आफुले भुक्तानी दिने बताई रहँदा उखु किसानहरुले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक बिरेन्द्र कनोडियाले जानकारी गराउनु भएको छ ।
महालक्ष्मी सुगर मिल झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहको उखु किसान राम सगोरथ रायले जानकारी गराउनु भएको छ । उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यलय सर्लाही, जिल्ला प्रहरी कार्यलय सर्लाहीको टोली र उखु किसानहरुबीच कात्तिक मसान्त सम्ममा उखु किसानहरुको बाँकी बक्यौता भुक्तानी गरि सक्ने भनी विभिन्न ५ बुँदे सहमती भएको भएपनि अहिले सम्म भुक्तानी नदिँदा किसानहरु थप चिन्तामा परेका छन् ।
पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण उखु किसानहरु थप आक्रोसित बनेका राष्ट्रिय कृषक समुह महासंघका जिल्ला अध्यक्ष सतेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो ।