दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २८ वर्षीया विनोद भनिने जनार्दन लोहनीलाई अदालतले पुस १७ गते १६ वर्ष कैद सजायको फसैला गरेको छ ।
न्यायधीश दीपक खनालको इजलासले जिल्ला चितवन कठार नगरपालिका स्थायी घर भई कटारी नगरपालिका –४ मरूवामा बस्दै आएका कसुरदारलाई कैद सजायसँगै १० हजार रूपियाँ जरिबाना र पीडितले पाउने गरी २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
आरोपितले ०७५ फागुन १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले फागुन १५ गते गिरफ्तारी गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७५ चैत १० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १५ गते गरिएको थियो ।