INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

मिथिला नपा–३ बडहरीमा २८ वर्षीय रानीदेवी पंजियारलाई जनकपुरधाम उमनपा–२२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बडहरीस्थित रेडक्रसको भवनमा रहेको वागवानीमा पुस ९ गते १ बजेतिर जनकपुरधाम उमनपा–२२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले बुहारी रानीलाई हत्या गरि भागेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिनु भएको छ ।

मृतकले जिउँदै रहेको अवस्थामा आफुमाथि जेठाजु श्रीप्रसाद पंजियारले धारिलो हतियार प्रहार गरेको बताउनु भएको आधारमा फरार श्रीप्रसादको खोजी भई रहेको प्रहरी इन्स्पेक्टर यादवले बताउनु भएको छ ।

बडहरी आएको बेलामा भएको विवादले गर्दा बुहारीमाथि हतियार प्रहार गरी भागेको स्थानीयले जनाएका छन् ।

हतियार प्रहारबाट गम्भीर घाइते भई लालगढस्थित मोडल अस्पतालमा प्राथमिक उपचार गरि जनकपुरस्थित प्रादेशिक अस्पतालमा थप उपचारको लागि पठाइएको थियो ।

रानीको जनकपुरमा उपचार सम्भव नभएपछि बाहिर पठाउन एम्बुलेन्समा राख्दै जाँदा मृत्यु भएको प्रहरी इन्स्पेक्टर यादवले बताउनु भएको छ ।

मृतक रानीको टाउको पछाडी खुकुरी प्रहार भएको, मुख, नाक काटिनुको साथै हातको कान्छि औंला समेत काटिएको छ ।

प्रहरीले घटनास्थलबाट ज्याकेट, चप्पल, खुकुरी, महिलाको स्कार्फलगायतको सरसमान बरामद भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो