२३ वर्षीया महिलालाई हाडनातामा बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१४ तिखेदेबलका २३ वर्षीय दाइलाई पुस ८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । पीडितकी आमाले पुस ४ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीका आधारमा आरोपितलाई पुस ८ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्तका डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।