आत्महत्या दुरूत्साहन मुद्दामा जिल्ला अदालतले पुस ६ गते रेसुङ्गा नगरपालिका– ९ का २२ वर्षीय सुरज चुँदरालाई एक वर्ष तीन महिना कैदको फैसला गरेको छ ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश कृष्णप्रसाद पौडेलले कैदको साथै १० हजार रूपिँया जरिवानाको फैसला गरेको श्रेष्तेदार कृष्णशरण लामिछानेले बताउनु भयो । उहाँले बलात्कार मुद्दा अभियोग भए पनि ठहर नभएको बताउनु भयो ।
चुँदरालाई १५ वर्षीया शिवा माझीलाई आत्महत्या दुरूत्साहन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले ०७५ असोज २ गते गिरफ्तार गरेको थियो । असोज १ गते आत्महत्या गरेकी थिइन् । शवको पोष्टमार्टम असोज २ गते जिल्ला अस्पतालमा भएको थियो ।