जैमिनी नगरपालिका–८ मा सडक निर्माणको क्रममा वडा सदस्य ५५ वर्षीय कर्णसिंह पुनले कुटपिट गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष ५५ वर्षीय नारायण प्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिनुभएको छ ।
वडा सदस्य पुन सहित ३६ वर्षीय बसन्त पौडेल, ५२ वर्षीय रघुनाथ पौडेल र ४८ वर्षीय टंकबहादुर क्षेत्री विरूद्ध पौडेलले पुस ८ गते उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्राईले जानकारी दिनुभयो ।
वडा सदस्य सहितको समूहले आफुलाई पुस ४ गते दुव्र्यवहार, कुटपिट गर्दै धम्की दिएको उजुरीमा उल्लेख गरिएको छ ।
सडक निर्माणको क्रममा वडा सदस्य पुनले आफुसँग कमिसन मागेको र दिन अस्वीकार गरेपछि कुटपिट गरिएको पौडेलले बताउनुभयो ।