१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइ नगरपालिका–७ का ३१ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको भन्दै राईविरूद्ध कारवाहीका लागि लागि पुस ३ गते पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
गिरफ्तार गरिएका राईविरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते इलाम अस्पतालमा गरिएको छ ।