INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार

३९ वर्षीया पत्नी सारदा भुजेलालाई धारिलो हतिया खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा षडानन्द नगरपालिका–१ भुजेलडाँडाका ४१ को हरिबहादुर भुजेललाई पुस ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध पीडित पक्षले पुस ५ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए । सामान्य घरायसी विवादमा पतिले खुकुरी प्रहार गर्दा पीडित महिलाको टाउको शरीरको विभिन्न ठाउँमा गोहिरो चोट लागेकोले महिलाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

स्थानिय मेडिकल कुदाकाउलेमा उपचार पश्चात जिल्ला अस्पताल सङ्खुवासभामा थप उपचार भइरहेको प्रहरीको भनाइ छ ।

आरोपितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो ।

अन्य

भिडियो