INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का ३४ वर्षीय गोविन्द राईलाई पुस ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत मङ्सिर ४ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डवकुमार राजवंशीले बताउनु भयो ।

अन्य

भिडियो