INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमा नै उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु

नरहरिनाथ गाउँपालिका–९, लालु चौथाकी २३ वर्षीया गर्भवती पार्वती दर्जीको समयमा उपचार नपाउँदा ज्यान गएको छ ।

पुस १ गतेबाट घरमा सुत्केरी ब्यथा लागेकी दर्जीको समयमै उपचार नहुँदा पुस ३ गते ज्यान गएको छ । सुत्केरी ब्यथाले थलिएकी दर्जीलाई घरमा नै धामीझाँक्री गरेर राखेकोमा ढिला गरी प्रथाममिक स्वास्थ्य केन्द्र कुमालगाउँ पुर्‍याउँदा पनि स्वास्थ्यकर्मी उपकरण औषधिको अभावका कारण महिलाको मृत्यु भएको स्थानीय शिक्षक चिन्तन नेपालीले बताउनुभयो ।

स्वास्थ्य संस्था र परिवारको कमजोरीका कारण पार्वतीको ज्यान गएको हुनाले गाउँपालिकामा समीक्षा हुनुपर्ने गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भयो ।

नेपाल सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रम ल्याएको भए पनि दुर्गम तथा पिछडिएका क्षेत्रमा त्यसको जानकारी नहुँदा कैयौँ गर्भवती तथा सुत्केरी महिलाले अकालमा नै ज्यान गुमाउने गरेका छन् ।

अन्य

भिडियो