पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ऋषिङ गाउँपालिका–१ घर भइ व्यास नपा–७ बस्दै आएका १९ वर्षीय नवीन थापालाई तनहुँ जिल्ला अदालतले पुस २ गते जन्मकैद (२० वर्ष कैद) को फैसला गरेको छ ।
पीडित बालिकालाई थापाले गत साउन १ गते बलात्कार गरेको कसुरमा न्यायधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले उक्त फैसला गरेको अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो ।
अदालतले पीडित बालिकालाई आरोपितको तर्फबाट ४ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको खनालले बताउनुभयो ।
बालिकालाई बलात्कार गरेको अभियोगमा थापा गत साउन २ गते गिरफ्तार भए पछि २४ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागारको थुनामा थिए ।