INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–३ का ३७ वर्षीय प्रकाश सिह्वाङलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७५ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडितले फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित फरार रहेकाले गिरफ्तार गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ ।

आरोपित घर आएको सूचनाका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बााउनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७५ फागुन १६ गते नै गरिएको थियो ।

अन्य

भिडियो