११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको कसुर ठहर गर्दै जिल्ला अदालतले बारबर्दिया नपा–१० का ५० वर्षीय रामु लम्साललाई मङ्सिर २९ गते २३ दिन कैद र २० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।
न्यायाधीश शङ्करराज बरालको इजलासले उक्त फैसला गरेको अदालतका तहसिलदार राजेन्द्र शर्माले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७५ माघ १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले लम्सालविरूद्ध माघ २१ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २० गते जिल्ला अस्पतालमा गरिएको थियो । प्रहरीले घटनाका आरोपितलाई माघ २० गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले फागुन १४ गते आरोपितलाई १ लाख रुपियाँ धरौटी तारेखमा रिहा गरेको थियो ।