क्षिरेश्वरनाथ नपा–५ मा भएको बम विष्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ ।
प्रहरी इन्स्पेक्टर साहको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरू गरेको इन्स्पेक्टर अवधेश यादवले जानकारी दिनुभएको छ ।
बम विष्फोट घटनामा सलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई मङ्सिर २८ गते बुलेका गिरफ्तार गरेको छ ।
प्रहरीले हंसपुर नपा–२ की सितादेवी महरा, सोही ठाउँकी ललितादेवी महरा र मिथिला विहारी नपा–१ का रामसोभित धानुकलाई गिरफ्तार गरेको जनाएको छ ।