सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई मङ्सिर २८ गते घरबाटै गिरफ्तार गरेको छ ।
घर नजिकैको कालीमाटी खोलामा दुव्र्यवहार गरेको भन्दै मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा परेको उजूरीको आधारममा गिरफ्तार गरेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ । घटनाको अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।