गढवा गाउँपालिका–२ स्थित पक्की घरमा लुकाएर राखिएको बम विस्फोट भएपछि घरधनी ४३ वर्षीय घनश्याम चौधरीलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
घरको माथिल्लो तलामा राखिएको बम मङ्सिर २५ गते दिउँसो विष्फोट हुँदा पक्की घर भत्किएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट माथिल्लो तलामा क्षति भएको प्रहरी चौकी गोवरडिहाका इञ्चार्ज सई रमइ यादवले जानकारी दिनुभयो ।
प्रहरीले घटनाको अनुसन्धानका लागि चौधरीलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ । आरोपित चौधरीले भने माछा मार्नका लागि भारतबाट ल्याएको जिलेटिन विष्फोट भएको बताउनु भयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि