INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ बुँदे माग राख्दै हरूवाचरूवाको प्रदर्शन

हरूवाचरूवा सशक्तिकरणसम्बन्धी विभिन्न आठ बुँदे माग राख्दै मङ्सिर २४ गते राजविराज नगरपालिकामा प्रदर्शन भएको छ ।

राजविराज रङ्गशालाबाट हरूवाचरूवा अधिकार मञ्च सप्तरीको नेतृत्वमा निस्केको जुलुस प्रदर्शनले बजार क्षेत्रको परिक्रमा गरेपश्चात् जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द ठाकुरमार्फत प्रदेश र सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

मञ्चका केन्द्रीय संयोजक लागेन्द्र सदा र मञ्चका जिल्ला अध्यक्ष देवलाल रामद्वारा बुझाइएको ज्ञापनपत्रमा हरूवाचरूवाको सम्पूर्ण ऋण खारेज, हरूवाचरूवाको समस्या सम्बोधन हुने गरी आवश्यक बजेटको विनियोजन र प्रदेश २ सरकारबाट मुक्तिको पहल, मुक्तिको घोषणा गरी सुरक्षित आवास र खान पुग्ने जमिन उपलब्ध, उठिवासको घटना बन्द, निवेदनको तत्काल सुनवाई, जिविकोपार्जनका लागि सिप अभिवृद्धि कार्यक्रम सञ्चालन, न्यूनतम ज्याला तोकी कार्यान्वयन नभए स्थानीय तहले उजुरी लिई अनुगमन गर्ने व्यवस्था गर्न माँग गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै मञ्चका केन्द्रीय संयोजक लागेन्द्र सदा र जिल्ला समन्वय संयोजक पार्थो सरकारले मुलुकमा एकपछि अर्को ठूलो परिवर्तन भए पनि हरूवाचरूवाको अवस्था जस्ताको त्यस्तै रहेकोले प्रदेश र सङ्घीय सरकारले अविलम्ब माग सम्बोधन गर्नुपर्ने माग गर्नु भयो ।

photo20191211saptari (6)

photo20191211saptari (5)

photo20191211saptari (4)

photo20191211saptari (3)

photo20191211saptari (2)

photo20191211saptari (1)

अन्य

भिडियो