२३ वर्षीया युवतीलाई ललाइफकाई विक्रीको लागि भारतमा लैजाँदै गरेको अवस्थामा गिरफ्तार भएका चार जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले मङ्सिर २४ गते दुप्चेश्वर गाउँपालिका–१ का १८ वर्षीय कुमार तामाङ, २८ वर्षीय राजु तामाङ, १८ वर्षीय अर्जुन तामाङ र झापा गौरीगञ्ज नगरपालिका–१ का २२ वर्षीय ईन्द्रदेव राजवंशीलाई दोषी ठहर गर्दै जनही पाँच वर्ष कैद सजाय र जनही २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जराले जानकारी दिनुभयो ।
दोषी ठहर गरिएकाहरूलाई प्रहरीले ०७४ साउन १० गते तादी गाउँपालिका–३, खरानीटारबाट गिरफ्तार गरी मानव बेचबिखन कसुरमा ०७४ साउन ११ गते मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । प्रहरीले पीडित युवतीलाई उद्धार गरेको थियो ।